मकवानपुर क्षेत्रमा बन्दै गरेको दु्तमार्गको प्रधानमन्त्री प्रचण्ड सहित ३ मन्त्रीद्वारा निरिक्षण
हेटौंडा । मकवानपुरको बिभीन्न क्षेत्रमा बन्दै गरेको दु्रतमार्गको प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड सहित ३ मन्त्रीद्वारा दु्रतमार्गको निरिक्षण गर्नु भएको छ । तराइलाई काठमाण्डौं जोड्ने दु्रतमार्ग निर्माण स्थलको अवलोकन समेत प्रधानमन्त्री प्रचण्डले गर्नुभयो । निरिक्षणका क्रममा बोल्दै प्रचण्डले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक भएको बताउनुभयो ।
काठमाण्डौंबाट मकवानपुरको बुदुनेमा नेपाली सेनाको हेलीकोप्टर मार्फत आउनु भएका प्रचण्डले दु्रतमार्गको काम सन्तोषजनक भएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित दु्रतमार्गको निरिक्षणका लागि उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला सहितको टोलीले निरक्षण गरेको हो । यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान पनि दु्रतमार्ग निरिक्षण कार्यक्रममा पुग्नु भएको थियो ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत उहाँले आज भीमफेदी गाउँपालिका–८ महादेवटारमा फाष्ट ट्रयाक अन्तरर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया–५ पावस र रानीवन खर्कटेमा बकैया खोलामाथिको निर्माण कार्य भइरहेको पुलको स्थलगत अनुगमन गर्नुभयो । अनुगमनका क्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो।