बागमतीको सञ्चार रजिष्ट्रारको पदमा दोस्रो कार्यकालका लागि रेवती सापकोटाले लिए शपथ
हेटौंडा । बागमती प्रदेश सरकारको प्रदेश सञ्चार रजिष्ट्रारको पदमा दोस्रो कार्यकालका लागि रेवती सापकोटाले आइतबार पद तथा गोपनीताको शपथ लिएका छन् ।
पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत्र २८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पुनः दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सन्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
सापकोटालाई आइतबार एक कार्यक्रमबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूम मन्त्री गंगानारायण श्रेष्ठले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि नियुक्तिको प्रमाणपत्र मन्त्रालयका सचिब ध्रुब गैँडाले सापकोटालाई हस्तान्तरण गरे ।
सापकोटाको पहिलो कार्यकालमा सञ्चार माध्यममा आवद्ध पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरुका लागि क्षमता विकास एवम् अभिमुखीकरणलगायतको कार्यक्रमहरु आयोजना गरिएको थियो ।






