बागमती प्रदेशका द्वन्द पीडित घाईते र अपाङ्गहरुका लागि गाडी चलाउन सिकाउने तालिम
हेटौंडा । बागमती प्रदेशका द्वन्द पीडित घाईते र अपाङ्गहरुका लागि गाडी चलाउन सिकाउने तालिम हेटौंडामा सुरु भएको छ । बागमती प्रदेश युवा परिषदको आयोजना तथा घाईते अपांग योद्धा संगको समन्वयमा आयोजित ३९० घण्टे लाइट गाड़ी तालीमको आज उद्घघाटन गरिएको हो ।
प्रदेश युबा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । परिषद्को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत द्वन्द्वपीड़ित, घाईते र अपंगता भएका युबालाई सिपमा जोड़ने, स्वरोज़गार बनाउने समाजमा आत्मनिर्भर बनी मूलकलाई सम्बृद्ध बनाउने अभियानमा एकतबद्ध गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गरिएको चौलागाईले बताउनुभयो । यो तालिमपछी स्वरोजगार बन्नका लागि थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रदेश युवा परिषद्ले प्रदेशभरीका युवाहरुलाई कुनैन कुनै रुपमा तालिममा जोडेर स्वरोजगार बनाएर बिदेश पलाएन हुनबाट रोक्ने अभियान सुरु गरेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । कार्यक्रममा जिल्ला ट्राफ़िक कार्यालय मकवानपुरका सन्तोष पोखरेलको आतिथ्यता रहेको थियो। घाईते अपांग योद्धा संगको समन्वयमा आयोजित कार्यक्रमको सभाअधक्ष्यता संस्थाका अध्यक्ष कृष्ण सूबेदीले गर्नु भएको थियो।