हेटौंडामा लखन बाटिका निर्माण गर्दै मगर संघ

जनपत्र
१८ श्रावण २०७६, शनिबार १५:४१

हेटौंडा । नेपाल मगर संघ हेटौंडा उपमहाँनगरपालिकाको प्रथम बार्षिक साधारण सभा आज पदमपोखरीमा भएको छ । साधारण सभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मगर संघले निर्माण गर्न लागिएको बाटिकामा सहयोग गर्ने बताउनुभयो ।
निर्माणाधिन लखन बाटिकाको डिपिआर निर्माण भईसकेको छ । यस बाटिकालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजानका लागि मेयर महतले सुझाब दिनुभयो । बाटिका निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने उहाँको भनाई छ । बाटिका निर्माण गरेर आन्तरिक तथा बायह पर्यटक भित्रयाउने लक्ष मगर संघले राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*