बागमती प्रदेशका महिला शिक्षकहरुका लागि पाँच दिने आत्मरक्षा तालिम

जनपत्र
३ बैशाख २०८०, आईतवार १९:४०

हेटौंडा । बागमती प्रदेशका १३ वटा जिल्लाका सामुदायिक बिद्यालयका महिला शिक्षकहरुका लागि पाँच दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिमको आज हेटौंडामा समापन गरिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्को आयोजनामा पाँच दिने आत्म रक्षा तालिम दिइएको हो । प्रदेशका बिभीन्न जिल्लाका सामुदायिक बिद्यालयका शिक्षिकाहरुलाई प्रशिक्षक बनाएर उनीहरु मार्फत बिद्यार्थीहरुलाई पनि आत्मरक्षा तालिम दिने उदेश्यले यो तालिम दिएको हो ।

पाँच दिन सम्म तालिम लिएका शिक्षीकाहरुले आफ्नो बिद्यालय, वरपरका विद्यालय र पालिका वरपरका बिद्यालयका बिद्यार्थीहरुलाई आत्म रक्षा तालिम दिने बताएका छन् । कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सबै कुरा सिक्नुपर्ने स्थान बिद्यालय भएकाले शिक्षीकाहरुलाई तालिम दिएर प्रशिक्षक बनाइएको बताउनुभयो । बिद्यालयमा सिकाइएको कुरा सबैले सिक्ने भएकाले बिद्यालय स्तरमा यो तालिम दिनका लागि प्रशिक्षक तयार गरिएको बताउनुभयो । आत्मरक्षा गर्नका लागि पहिले आत्मबल र शाहस हुनुपर्ने मन्त्री मुक्तानले बताउनुभयो ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले यो तालिम लिएर प्रमाणपत्र लिने मात्र भन्दा पनि परिणाम दिने बताउनुभयो । अहिले पनि पुरुषको तुलनामा महिला माथी हिंसा हुने भएकाले आत्म रक्षा तालिम दिनुपरेको बताउनुभयो । प्रदेशका हरेक जिल्ला युवा समितिले पनि यो तालिम दिने भएकाले समन्वय गरेर प्रशिक्षकको भूमिका निर्बाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरे, परिषद्का सदस्य सप्तरानी महर्जन, प्रमुख प्रशिक्षक सन्जु महर्जन, प्रशिक्षार्थी शिक्षीकाहरु गायत्री शिवाकोटी, लिला तितुङ लगायतकाले आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*