थप एक कम्पनीको आइपीओमा आवेदन खुल्ला हुदैँ

जनपत्र
३ बैशाख २०८०, आईतवार १४:५७

 भोलि वैशाख ४ गतेबाट  मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ  निष्कासन  गर्दै छ।

यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।

त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ।

यो आईपीओको निष्कासन बन्द छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १९ गते बैंकिङ समयपछि हुनेछ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँ पुग्नेछ।

यो कम्पनीले आगामी आर्थिक वर्ष २०८१–८२ सम्म प्रतिसेयर आम्दानी (ईपीएस) १०.७१ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०७९–८० मा भने ईपीएस ३.९७ रुपैयाँले ऋणात्मक रहने कम्पनीको अनुमान छ।

यसैगरी प्रतिसेयर नेटवर्थ २०८१–८२ १०३.२६ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जब कि चालु आवमा प्रतिसेयर नेटवर्थ ८०.२४ हुने अनुमान गरिएको छ।

यसैगरी आर्थिक वर्ष २०८१–८२ मा कम्पनीको जगेडामा १९ हजार ४३९ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्षमा भने जगेडा १ लाख ७ हजार २०९ रुपैयाँले ऋणात्मक हुने अनुमान गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा विद्युत बिक्रीबाट १५ कोड ३४ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षमा भने यस्तो आम्दानी ५ करोड ८९ लाख रुपैयाँ हुने कम्पनीको अनुमान छ।

बोनसपछिको मुनाफा भने आर्थिक वर्ष २०८१–८२ मा ६ करोड ३९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। यस्तो मुनाफा चालु आर्थिक वर्षमा भने ६ करोड २७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

यो कम्पनीको माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजना रहेको छ। आयोजनाको कुल लागत प्रतिमेगावाट २७ करोड ८४ लाख रुपैयाँ बढी रहेको छ। आयोजनाको कुल उत्पादन ४.७२ मेगावाट रहेको छ।

यो आयोजनाको लगानी फिर्ता हुने अवधि २७.३६ वर्ष रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.६४ वर्ष रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट इस्यूर रेटिङ गराई मेन्छियाम हाइड्रोपावरले केयर–एनपी बीबी (आईएस) (डबल बी इस्यूर) रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*