सरकारको नीति : सार्वजनिक यातायातको नयाँ दर्ता नखोल्ने, निजीलाई पनि यात्रु बोक्न नदिने

जनपत्र
३ बैशाख २०८०, आईतवार १४:५५

सरकारले निजी प्लेटका सवारी साधनमा यात्रु बोक्न प्रतिबन्ध लगाएपछि आमनागरिकले असन्तुष्टि जनाएका छन् । कुनै विकल्प नै नदिई निजी प्लेटका सवारी साधनलाई यात्रु बोक्न निषेध गरिएको भन्दै सर्वसाधारणले गुनासो पोखेका हुन् ।

गत चैत २२ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले आफुखुशी भाडा लिएर यात्रु ओसार्ने निजी प्लेटका सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निजी प्लेटको सवारीसाधनलाई कारबाही गर्न आग्रह गरेसँगै गृह ‘एक्सन’ मा उत्रिएको हो । तर, त्यसले यात्रुलाई पर्ने अप्ठ्याराबारे सरकारले मनन नगरेको आरोप सर्वसाधारणले लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*