भारतकाे सिक्किमबाट पाँचथर घुम्न आएका पर्यटकको भिरबाट लडेर ज्यान गयो

जनपत्र
३ बैशाख २०८०, आईतवार १४:४९

पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापुमा भारतको सिक्किमबाट घुम्न आएका एक पर्यटकको लडेर ज्यान गएको छ ।

च्याङ्थापु बजार नजिकै भिरबाट लडेर सिक्किमका केशव गुरुङको ज्यान गएको हो ।

पाँच जनाको टोली गए राति समयमा हिँड्दै च्याङ्थापु बजारतर्फ आउँदै गर्दा गुरुङको भिरबाट लडेर ज्यान गएको पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

गुरुङको शव र सिक्किमका अन्य चार जना पर्यटकलाई सदरमुकाम फिदिम ल्याइएको डीएसपी खतिवडाले वताउनुभयो ।उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*