मकवानपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

जनपत्र
१ बैशाख २०८०, शुक्रबार १३:२३

हेटौंडा । मकवानपुरको भिमफदी गाउँपालिका वडा नम्बर७ कोगटेमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोगटे बस्ने ६० वर्षीय भिम बहादुर सारु मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बिहिबार साँझ ६ बजेको समयमा ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याकटरको ढालाबाट खसेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । मगरको शव शुक्रबार बिहान ३ बजेर ३० मिनेटको समयमा परिवारले बुझि लिएको छ । ट्याक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*