राष्ट्रिय युवा संघको केन्द्रीय लेखा आयोग अध्यक्षमा मकवानपुरका सन्तोष चौँलागाई निर्वाचित
हेटौंडा । राष्ट्रिय युवा संघको केन्द्रीय लेखा आयोगको प्रमुखमा मकवानपुरका युवा नेता सन्तोष चौँलागाई सर्वसम्वत निर्वाचित भएका छन् । नेपालगञ्जमा सम्पन्न युवा संघको नवौँ राष्ट्रिय महाधिवेशनले चौँलागाईलाई लेखा आयोगको अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष समेत रहेका चौलागाई लेखा आयोगमा सर्बसम्वत भएका हुन् । अब युवा संघको सबै काम पारदर्शी ढंगले अगाढी बढाउने उनले प्रतिक्रिया दिए ।
आयोगको उपप्रमुखमा नानिराम तिवारी चयन भएका छन् । युवा संघ मकवानपुरका पुर्व अध्यक्ष समेत रहेका र्चौँलागाई हाल राष्ट्रिय युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष समेत हुन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व घोषणा भएको छ । अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् । नेपालगन्जमा सोमबार सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि मंगलबार निर्वाचन प्रकृया सुरु भएको थियो ।
अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि फेरि एमाले नेताहरु महेश बस्नेत, राजीव पहारीलगायतको पहलमा सहमतिमा कमिटी चयन भएको हो ।
राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका तीनजना युवा नेतृत्वले केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् । युवा संघका मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती सहित युवा नेताहरु दिलमाया घर्ती र प्रकाश लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।






