हेटौंडामा अबको विकास प्रविधि मैत्री हुनुपर्नेमा जोड

जनपत्र
२८ चैत्र २०७९, मंगलवार १६:०४

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष नवीन सिग्देलले अबको विकास प्रविधि मैत्री हुनपर्ने बताउनु भएको छ । जीभ करिअर ईष्टिच्युट प्रा।लि।को आयोजना, व्यवसायिक सीप विकास तालिम केन्द्र, भैसेपाटी ललितपुरको सहयोग तथा बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालिको समन्वयमा सञ्चालित मोवाईल फोन मर्मत तालिमको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले आजको युग प्रतिस्पर्धी युग भएकोले विकासमा प्रविधिलाई जोड्नु पर्ने र यस्ता तालिमले प्रविधिको प्रयोगको प्रवर्द्वन गर्नुका साथै सीपले रोजगारीको सृजना गर्न, आत्मनिर्भर र व्यवसायिक बनाउन मदत गरेको बताउनु भयो । उहाँले प्रविधिको प्रयोग र प्रवर्द्वनमा सबै तहको सरकारको ध्यान जानुपर्ने र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

हेटौँडा ४ स्कुलरोड स्थित प्रालिको कार्यालयमा ६५ दिनसम्म सञ्चालित हुने मोवाईल फोन मर्मत तालिममा २० जनाको सहभागीता रहेको छ । बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालीका सञ्चालक शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर मोवाईल एसोसिएसनका अध्यक्ष नवराज चौलागाई, प्रशिक्षक उद्वव घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*