सुर्खेतमा क्यान्सरका २३८ बिरामी

जनपत्र
२८ चैत्र २०७९, मंगलवार ०८:२२

सुर्खेतमा क्यान्सरका बिरामी बढेका छन् । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९र८० मा हालसम्म जिल्लामा दुई सय ३८ जना क्यान्सरका बिरामी देखिएका छन् । अहिले सुर्खेतका ९ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । यो वर्ष वीरेन्द्रनगर नगरपालिकाबाट क्यान्सरका ३६ जना बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् ।

यस्तै लेकबेसी नगरपालिकाबाट यो वर्ष ३० जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् ।

उपचारमा सहुलियत पाउन थालेपछि क्यान्सरका बिरामीहरू खुल्न थालेको कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। केएन पौडेलले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ । उनले परीक्षण गरिएकोमा दैनिक रूपमा ३र४ जना क्यान्सरका बिरामी भेटिने गरेको बताए । उनका अनुसार उपचारका लागि अस्पतालमा आएका झन्डै ३० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको छ । २० प्रतिशत पुरुषमा समस्या देखिने गरेको उनले बताए । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*