टिकटक कम्पनीले चाँडै स्मार्टफोन ल्याउँदै

भिडियो शेयरिङ एप ‘टिकटक’को अपार सफलतापछि यसलाई बनाउने कम्पनीले चाँडै नै विश्व बजारमा स्मार्टफोन ल्याउने भएको छ। पछिल्लोसमय सबैभन्दा धेरैले प्रयोग गरिरहेको सामाजिक सञ्जाल मिडिया एप हो। यसको करीब ५० करोड प्रयोगकर्ता रहेका छन्।
टिकटकमा १५ सेकेण्डको भिडियो पोस्ट गर्ने गरिन्छ। यसलाइ प्लेस्टोरमा सय करोड पटक डाउनलोड गरिसकिएको छ। टिकटका डेभलपर बाइटडान्सले अब स्मार्टफोनको दुनियाँमा प्रवेश गर्ने विचार व्यक्त गरेका छन्। बाइटडान्ससँग टिकटक बाहेक कयौ धेरै भिडियो तथा न्यूजमा आधारित एपको स्मामित्व छ। त्यसमध्ये स्लेक, फ्लिपचार्ट, टोटिओलगायत समावेश रहेका छन्। तर ती उत्पादनहरुमा सबैभन्दा प्रचलित भने टिकटक नै हुन पुगेको छ।