मकवानपुरमा ट्याक्टरको टेलरबाट खसेर प्रजाको मृत्यु

जनपत्र
२७ चैत्र २०७९, सोमबार १९:४१

हेटौंडा – मकवानपुरको राक्सिराङ गाँउपालिका ६ खर्कन्टेटारमा ट्याक्टरको ट्रेलरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३३ बर्षीय काजीमान प्रजा रहेका छन् ।

चितवनको राप्ती नागरपालिकाबाट सिमेन्ट लिएर मकवानपुरको राक्सिराङ गाँउपालिका ६ किलिंकेतर्फ जाँदै गरेको ना.६.त ५२ १८ नम्बरको ट्रयाक्टरको ट्रेलरबाट खसेर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रजा आइतबारराति १ बजे लोथर खोलाबाट ट्याक्टरमा चढेका थिए । ट्रयाक्टरको टेलरबाट चिप्लिएर लड्दा घाइते भएका प्रजाको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा आज (सोमबार) बिहान पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*