हेटौंडाको बसामाडीमा बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा

जनपत्र
२७ चैत्र २०७९, सोमबार १७:२७

हेटौंडा– सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशीक रोजगारीका शिलसिलामा खाडी मुलुकमा रहेका परिवारलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको चार ठाउँमा बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ ।

उपमहानगरसँगको सहकार्यमा हेटौंडा–३ को बसामाडी र लेवट १२ को सिग्रेनी सहित १४ नम्बरको एक÷एक वटा समुहमा कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक अञ्जीता थापा मगरले बताइन् । उनका अनुसार कार्यक्रमले मुलुक छोडेर रोजगारीका लागि बिदेशीएकाको परिवारलाई कसरी आर्थिक मितव्ययी बनाउँन सकिन्छ, परिवारमा कसरी बस्नुपर्छ भन्ने बारेमा सहजिकरण बताइन् ।

परामर्श कक्षामा बाह््य मुलुकमा रहरे कमाएको पैसालाई बचत गर्दै भबिष्यका सुरीक्षत पार्ने, रोजगारीमा गएका व्यक्ती सम्पर्कमा नआए वा समस्यामा परे कहाँ सम्पर्क गर्ने, बैदेशीक रोजगारीमा रहेका व्यक्तीले प्रयोग गरेका काजगपत्रलाई सुरक्षित राख्ने, पारीवारीक वाताबरण कसरी बनाउँने, दिगो आर्यआर्जनमा लाग्ने, बिमाले पु¥याउने फाइदा लगाएतको बिषयमा जानकारी गराउने बताइएको छ ।

१९ हप्ता देखि बसामाडी वडा कार्यालयको सभाहलमा चलिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सञ्चालन गरेको स्वमूल्याङकन कक्षामा सहभागि भएपछि उनलाई बचत र भबिष्यको बारेमा चिन्ता हुन थालेको सहभागिले बताए । उनिहरुले पहिले गरेको खर्चको हिसाब अहिले निकल्दा थाहा पाएको भन्दै घरमा भन्दा आफैले बढी खर्च गर्ने गरेको बताएका थिए ।

हेटौंडा–३ बसामाडीमा सञ्चालनमा रहेको बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको सोमबार हेटौंडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना सहितका टोलीले अनुगमन गरेको छ । अनुगमन गर्दै महाशाखा प्रमुख तिमल्सिनाले दिगो आर्यआर्जनको पाटोमा जोडिनका लागि उपमहानगरले सहयोग गर्ने बताए । उनले कक्षाले दिएको शिक्षाले आर्थिक मितव्ययीतालाई टेवा पुग्ने भन्दै सिपमुलक कार्यक्रममा सहभागि बन्दै दिषे आयआर्जनको पाटोमा जोडिन आवश्यक रहेको बताए । बैदेशीक रोजगारीले देशमा नयाँ सिप र प्रबिधिलाई भित्र्याउन मद्दत पुगेको उनको भनाई थियो ।

अनुगमनमा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ढलकबहादुर थापा, वडा सदस्य सविना बिडारी, उपमहानगरको प्रशाशन महाशाखा प्रमुख शान्ति बिक, लेखा शाखाका अधिकृतद्धय जेकप श्रेष्ठ, केशब हुमागाई, ३ नम्बर वडा सचिब महेन्द्र चापागाई, सुरक्षित आप्रवासन कार्यक्रम संयोजक सञ्जीता थापा मगर, सहयोगि सस्था हेल्भटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल लगाएतकाले अनुगमन गरेका थिए । सामीको बित्तीय साक्षरता कक्षाको सहजिकरण रजनि श्रेष्ठले गर्दै आएकी छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*