हेटौंडाका शैक्षिक संस्था वरिपरी मध्यपान र धुम्रपान विक्री वितरण नगर्न आग्रह
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर –४ का अध्यक्ष नवीन सिग्देल सहितको टोलीले शैक्षिक संस्था क्षेत्र भित्र एक सय मिटर वरिपरी मध्यपान र धुम्रपान विक्री वितरण नगर्न आग्रह गरेको छ । अध्यक्षले नै हात जोड्दै अनुरोध गर्दै घरदैलो गरेको छ । श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौँडा क्याम्पस, आधुनिक मावि, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविको क्षेत्रमा सोमबार सचेतना स्वरूप घरदैलो गरिएको हो ।
घरदैलोको क्रममा बाल श्रम, लैङ्गीक हिंसा, लागूऔषतविरूद्व स्टिकर समेत विभिन्न स्थानमा टाँसिएको थियो । विध्यालय क्षेत्र वरिपरि मध्यपान र धुम्रपान मुक्त बनाउनु, विध्यालयलाई शान्ति क्षेत्र बनाउनु र लागू औषत, लैङ्गिक हिंसा, वालश्रम विरूद्व अभियान रहेको वडा अध्यक्ष सिग्देलले बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधिहरू, टोल विकासका प्रतिनिधिहरू, महिला तथा बालवालिका सरोकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटौँडा ४, नेपाल प्रहरी, विध्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक, विध्यार्थीहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य जग्गनाथ पाण्डे, सामाजिक अभियान सञ्जाल हेटौँडा ४ की अध्यक्ष माया लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को संयोजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौँडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा वालवालिका सरोकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरू सिलवाल लगायतको सहभागीता रहेको वडा सचिव टीका कंडेलले बताउनु भयो ।