हेटौंडाको पदमपोखरीमा पेस्तोल सहित पक्राउ परेका युवक सार्वजनिक
मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल सहित पक्राउ परेका एक पुरुषलाई सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका– १२ पदमपोखरी बस्ने अन्दाजी ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई पेस्तोल (मेडइन यू.एस.ए) सहित पक्राउ गरी सार्वजनिक गरेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडी पैदल हिडिरहेको घलानलाई चेकजाँच उनले बोकेको झोलाबाट उक्त पेस्तोल म्याग्जिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेवारपानी तर्फबाट हेटौंडा बजार आउँदै गरेका घलानलाई हेटौंडा–३, बसामाडीस्थित सरस्वरी पेट्रोलपम्म नजिकबाट आइतबार पक्राउ गरिएको हो । घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






