सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज

जनपत्र
२६ चैत्र २०७९, आईतवार १९:०७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए ।

कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्‍भावना दूत तोकेको थियो । यस्ता सद्‍भावना दूतहरु अवैतनिक हुने गर्छन् । तर, सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको देखिन्छ । जसमा नेता र पार्टी निकटका व्यक्तिहरुलाई नियुक्तिमा प्राथमिकता दिने प्रचलन रहेको छ । अब भने मन्त्रालयले ‘सद्‍भावना दूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*