राष्ट्र बैंक निर्देशनपछि सामुदायिक लघुवित्तले पनि घटायो लाभांश
राष्ट्र बैंक निर्देशन अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ ।
संस्थाको चैत ९ गतेको बैठकले आव २०७८र७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
तर राष्ट्र बैंकको निर्देशनपछि चैत २५ गतेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव शंकर गुरुङले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १३ करोड २० लाख रुपियाँ छ ।