भारतमा प्रशिक्षित चिकित्सकको नेपाल समिति गठन

जनपत्र
२६ चैत्र २०७९, आईतवार १४:३४

नेपालमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने, भारतमा अध्ययन गर्न इच्छुकलाई मार्गनिर्देशन तथा सहयोग गर्ने र अध्ययन सकेर फर्किएका चिकित्सकसँग परामर्शमा रहने उद्देश्यमा विज्ञ समूह गठन भएको छ ।

भारतबाट चिकित्सा अध्यन गरेर आएका अनुभवी चिकित्सकको यो समूह डा. सुरेन्द्रकुमार आचार्य (किष्ट शिक्षण अस्पताल)को अध्यक्षतामा गठन भएको छ ।

अध्यक्ष आचार्यका अनुसार समूहमा वरिष्ठ उपाध्यक्ष डा टंक्प्रसाद बोहोरा(किष्ट शिक्षण अस्पताल), उपाध्यक्ष डा प्रमोद अग्रवाल(फोलिड्रम क्लिनिक, महाराजगंज), महासचिव डा दिप्सल तिमिला(ग्रान्डी सिटी हस्पिटल), सहसचिव डा सतीश वर्नवाल(बी एण्ड बी हस्पिटल), कोषाध्यक्ष डा सविन ढकाल(एएसजी आइ हस्पिटल), सह–कोषाध्यक्ष डा संकेत झा(शिक्षण अस्पताल), सदस्य ममता राई(मनमोहन शिक्षण अस्पताल), डा शेखर पौडेल(काठमाडौं मोडेल अस्पताल), डा रोहितकुमार चौधरी(ग्रान्डी इन्टरनेशनल अस्पताल), डा शिखर प्रधान(मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल) रहेका छन् । यो संस्थाको सल्लाहकारमा डा. दीपक गौतम(बोन एन्ड जोइन्ट स्पेशलिस्ट कन्सल्टेन्ट,मुम्बई) रहेका छन् ।

नेपालबाट बर्सेनि लाखौंको संख्यामा भारतमा उपचार गर्न जाने बिरामीलाई नेपालमै गुणस्तरीय सेवा प्रदान गर्ने र विशेषत नेपालमा विषेशज्ञ, अति विषेशज्ञ सेवा विस्तार गर्नेबारेमा यो विज्ञ समूहले काम गर्ने आचार्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*