एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत मकवानपुरगढी–६ मा भेला, प्रशिक्षण र सम्मान
हेटौंडा । नेकपा एमाले मकवानपुरगढी ६ नम्बर वडामा वडा स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं ग्रासरुट अभियानका प्रमुख शिबहरि दाहालको बिशेष आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एमाले पार्टी गाउँकमिटीका उपाध्यक्ष जितबहादुर घिमिरे, सचिब नानीराम तिमिल्सिना, अनेरास्ववियु जिल्ला सचिब पुष्कर तिमल्सिना, गाउँ कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषदका सदस्यहरु तथा विभिन्न जनवर्गिय संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अबसरमा नेकपा एमालेका सेल्टरदाता, अग्रज एवं जेष्ठ पार्टी सदस्यहरु गरि २० जनालाइ पार्टी निर्माण र बिस्तारमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको नेकपा एमाले मकवानपुरगढी ६ का अध्यक्ष दुव प्रसाद खतिवडाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले समसामयिक राजनैतिक अबस्था र नेकपा एमालेको भुमिका, प्रदेश कमिटी सदस्य तिमल्सिनाले पार्टी निर्माण र समाजवाद तथा
ग्रासरुट अभियानका प्रमुख दाहालले मिसन ग्रासरुट अभियान र नेकपा एमालेको कार्यदिशाका बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम पार्टी वडा अध्यक्ष दुव प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो ।







