स्वर्णिम वाग्लेप्रति शेखर काेइरालाकाे कटाक्ष– ‘अवसरवादीहरूबाट जोगिनुहोस्’

जनपत्र
२४ चैत्र २०७९, शुक्रबार १५:१३

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाण्डाैमा नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काेइरालाले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–२ को उपचुनावमा उम्मेदवार बन्नुभएका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै यस्तो कटाक्ष बताउनुभएको हो । उहाँले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईँहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन सफलरूपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*