हेटौंडाका चार ठाउँमा बित्तीय शिक्षा र परामर्श कक्षा
हेटौंडा– बैदेशीक रोजगारीमा रहेका परिवारलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको चार ठाउँमा बित्तीय शिक्षा र सामाजिक परामर्श कक्षा सञ्चालन भएको छ ।
उपमहानगरसँगको सहकार्यमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत हेटौंडा ३ को दुई, १८ र १९ को एक÷एक वटा समुहमा कार्यक्रम सञ्चालन गरिएको हो । बिषेश गरी खाडी मुलुकमा रोजगारीका लागि पुगेकाहरुको परिवारलाई लक्षित गर्दै चारवटा समुहमा सञ्चालन भएको कार्यक्रमले यहाँ रहेकालाई कसरी आर्थिक मितव्ययी बनाउँन सकिन्छ भन्ने बारेमा सहजिकरण गर्ने कार्यक्रम संयोजक अञ्जीता थापा मगरले बताइन् ।
तिन महिना सम्म सञ्चालन भएको तालिमले बाह््य मुलुकमा रहरे कमाएको पैसालाई बचत गर्ने, रोजगारीमा गएका व्यक्ती सम्पर्कमा नआए वा केही समस्या भए कहाँ सम्पर्क गर्ने, बैदेशीक रोजगारीमा रहेका व्यक्तीले प्रयोग गरेका काजगपत्रलाई सुरक्षित राख्ने, पारीवारीक वाताबरण कसरी बनाउँने लगाएतको बिषयमा जानकारी गराउने बताइएको छ ।
लामो समय देखि सञ्चालनमा रहेको परिवर्तन कक्षामा सहभागि हेटौंडा ३ लेवटकी सरीता थिङले तालिमबाट आफुहरुले निकै परिवर्तन महशुस गरेको बताइन् । उनले बाह््य मुलुकमा रहेका व्यक्तीले दुखः गरी कमाएर पठाएको पैसालाई फजुल खर्च नगरी कसरी बचत गर्ने भन्ने शिक्षा पाएको बताइन् । उनले बचतबाटै भोलिको भविष्य राम्रो हुन्छ भन्ने बारे जानकारी पाएको भन्र्दै तालिम अगाडि कमाएर पठाई हाल्छ भन्दै खर्च गर्ने परिपाटीबाट सुधार आएको बताइन् ।
हेटौंडा–३ लेवटमा सञ्चालनमा रहेको बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको बिहीवार हेटौंडा १६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक रामकृष्ण कोइराला सहितको टोलीले अनुगमन गरेको छ । अनुगमन गर्दै समितिका संयोजक कोइरालाले नियमित बचतका लागि सिप आवश्यक भएको बताएका थिए ।
दैनिक आय आर्जनमा जोडिन सके काम र पैसा दुबै हुने भएकाले बचतका लागि सहज हुने बताए । उनले रोजगारको शिलशिलामा बाह््य मुलुक गएकाको भन्दा पनि आफैले रोजगारीको अवसर श्रृजना गरेर आर्थि उपार्जनमा जोडिन आग्रह गरे । अनुगमनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख लक्ष्मी नारायण भगत, सुरक्षित आप्रवासन कार्यक्रम संयोजक सञ्जीता थापा मगर, नगर प्रमुख सचिवालयका रुपा बिडारी लगाएतकाले अनुगमन गरेका थिए ।






