एनआईसी एशिया क्यापिटलको मोबाइल एप सार्वजनिक

जनपत्र
२३ चैत्र २०७९, बिहीबार १६:१५

एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ आफ्नो ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एप संचालनमा ल्याईएको क्यापिटल जनाएको छ ।

क्यापिटलबाट प्रदान गरिने सेवाहरु तथा क्यापिटलसँग आवद्ध भएका ग्राहकहरुले एपबाटै सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । एपबाट व्यवस्थित लगानी योजना (एसआईपी) मा आवद्द हुन तथा लगानी गर्न, अनलाइनबाट डिम्याट खाता र मेरोशेयर खाता खोल्न, पोर्टफोलियो व्यवस्थापन सेवा (पीएमएस) मा सहभागी हुन सकिने क्यापिटलले जनाएको छ ।

त्यस्तै म्युचुअल फण्डहरुको न्याभ हेर्न, डिम्याट तथा मेरोशेयर नवीकरण गर्न, पीएमएसमा लगइन गरि आफ्नो लगानीको अध्यावधिक विवरण हेर्न , मेरोशेयरको पासवर्ड तथा पिन परिवर्तनको लागि आग्रह गर्न, आइपीओ बाँडफाँडको विवरण हेर्न, शेयरबजार सम्बन्धित रिपोर्ट हेर्न, संचार हेर्न, बजारका अन्य विवरण नोटिफिकेसन प्राप्त गर्न सकिने लगायतका सेवाहरु एपमा उपलब्ध हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुको सम्बन्धमा बिस्तृत जानकारी तथा नयाँ अफर सम्बन्धी सूचना पनि एपमा प्राप्त गर्न सकिने छ । एण्ड्रोइड र एप स्टोरमा एप उपलब्ध रहेको छ ।

एनआईसी एशिया क्यापिटल ‘मोबाइल एप’ का विशेषताहरू

• SIP Registration tyf SIP Installment  गर्न सकिने।

• Mutual Fund हरुको NAV हेर्न मिल्ने।

• Demat Account tyf Mero Shareखोल्न मिल्ने ।

• Portfolio Management Service (PMS) Register नविकरण गर्न मिल्ने ।

• Portfolio Management Service df Login गर्न मिल्ने ।

• Portfolio Management Service df Login गरी आफ्नो लगानीको अध्यावधिक विवरण हेर्न मिल्ने ।

• Demat Account मा भएको विवरणहरु अध्यवाधिक गर्न मिल्ने ।

• Mero Share Account sf] Password tyf Pin Reset Request  गर्न मिल्ने ।

• Uncollected Dividend, DRN Status, Dematerialization Request Return सम्बन्धी विवरण हेर्न मिल्ने ।

• IPO/Auction Allotment sf] Result को च्भकगति हेर्न मिल्ने ।

• Research Report, Stock Market Related News Alert, Market Summary जस्ता विवरणको ल्यतषष्अबतष्यल प्राप्त गर्न सकिने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*