भारतबाट घर फर्किएका नेपालीमा देखियो कोरोना

जनपत्र
२२ चैत्र २०७९, बुधबार ०८:१०

भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ।

बाँकेस्थित नेपाल(भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो।

भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन्।

‘हामीले दिनहुँ १५० देखि २०० जनासम्म परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ।’

कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*