बागमती प्रदेशः मन्त्री बन्नेहरुको नाम टुङ्गो लाग्यो, नियुक्ति दिने मुख्यमन्त्री जम्मकट्टेलको तयारी
हेटौंडा । बागमती प्रदेशमा मन्त्री बन्नेहरुको नामको टुङ्गो लागेको छ । प्रदेशमा गठवन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादीले मन्त्री बन्नेहरुको नामको टुङ्गो लगाएकाले नियुक्ती दिने तयारीमा आफु रहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो ।
प्रदेशमा मन्त्री बन्नेहरु धेरैको नाम टुङ्गो लागेको र केहीको मात्र बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो–‘प्रदेशको सत्ता गठवन्धनमा रहेका दलहरुले मन्त्री बन्नेहरुको नामको टुङ्गो लगाएर नपठाउँदा केही समस्या भएपनि अब धेरैजसोको नाम आइसकेको र सकेसम्म आजै नभए भोली नियुक्ती दिएर सपथ गराउने तयारीमा पनि हामी रहेका छौं ।’
मन्त्री को–को बन्दैछन् भनेर उहाँले खुलाउन चाहनु भएन । नेपाली कांग्रेसले प्रदेशको आर्थिक मामिला मन्त्राले सहित नेकपा एमालेले पहिले लिएका अधिकांश मन्त्रालय र अरु एक मन्त्रालय थप लिने भएको छ । नेकपा एसले दुइ मन्त्रालय पाउने भएको छ । नेपाली कांग्रेसले अझै पनि दुइ जना मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन ।
अहिले पनि बैठक वसिरहेको छ । नेकपा एमाले र राप्रपाले प्रदेश सरकारबाट राजिनामा दिएपछी यही चैत १० गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपनि सरकार विस्तार गर्न सकिएको थिएन । नेपाली कांग्रेस र नेकपा एसले मन्त्री बन्नेहरुको नाम उपलब्ध नगराउँदा प्रदेशका आठ वटा मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री जम्मकट्टेलले लिदै आउनु भएको थियो ।






