हेटौंडामा दश वर्ष देखि कपडा सिलाई सिकाउने काम, ७५० जना महिलाले सिप सिके

जनपत्र
२२ चैत्र २०७९, बुधबार ०७:२५

हेटौंडा । हेटौंडामा सिलाई बुनाई सिकेपछी यही पेसा गरेर घरखर्च गर्ने र छोराछोरी पढाउने काममा धेरै जना महिलाहरु लागेका छन् । सिलाइ सिकेका धेरै महिलाहरु काम पनि गर्दै छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको जय प्रकृति शिलाइ प्रशिक्षण केन्द्रले २०६९ साल देखि बिधीवत रुपमा सिलाई सिकाउने काम गर्दै आएको छ । यसबाट धेरै जनालाई तालिम मात्र होइन रोजगारी उन्मुख समेत बनाएको छ ।

हरेक वर्ष सिलाईको बेसीक र एड्भान्स तालिम दिने गरेको र सिप सिकेका महिलाहरु आत्म निर्भर बन्दै गएको जय प्रकृति शिलाइ प्रशिक्षण केन्द्रका संचालक मेनुका श्रेष्ठ वताउनुहुन्छ । उहाँको संस्थामा उहाँलेनै महिलाहरुलाई तालिम दिएर सिप सिकाउने काम गर्दै आउनु भएको छ । सिलाई सिकाउनका लागि स्थानीय सरकारसंगै बागमती प्रदेश सरकारले पनि सहयोग गर्दै आएका छन् । अहिले पनि सिलाई सिकाउने काम निरन्तर चल्दे आएको छ । बितेको आर्थिक वर्षमा सिलाई सिकाउनका लागि प्रदेश युवा परिषद्ले एक लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । त्यसबाट धेरै सहयोग पुगेको श्रेष्ठ वताउनुहुन्छ ।

निशुल्क रुपमा सिप सिकेर आत्म निर्भर बन्न पाएकोमा सिलाई सिक्दै आएका प्रशिक्षार्थीहरु वताउँछन् । यता बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सिप सिकाउने र अरुलाई पनि रोजगारीको अवसर सृजना गर्नेहरुलाई वितेको आर्थिक वर्षमा सहयोग गरिएको वताउनुहुन्छ । चालु आर्थिक वर्षमा पनि राम्रो काम गरेका मेहनतीहरुलाई सहयोगको कार्यक्रम रहेको वताउनुहुन्छ । बितेको आर्थिक वर्षमा पनि स्वदेशमानै स्वरोजगार भएका र आत्म निर्भर बन्नका लागि काम गर्दै आएकाहरुलाई तीन लाख रुपैयाँ, एक लाख रुपैयाँ र ५० हजार रुप्रयाँका दरले प्रदेशका बिभीन्न जिल्लामा सहयोग गरिएको चौलागाई वताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*