कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई पक्राउ पुर्जी जारी
घरायशी विवादमा आएकी कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सरकारी कागाजात किर्ते गरेको अरोपमा उनलाई बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो ।
शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको बाँके प्रहरीका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
उनका अनुसार एसएलसीको प्रमाणपत्र, मार्कसिट, क्यारेक्टर सर्टिफिकेट लगायतका कागजात किर्ते गरेको र आफूले प्राप्त नगरेको शिक्षा प्राप्त गरेको भनी लाभ लिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न अदालतबाट आदेश लिएको हो ।
श्रीमती रावलले आफू श्रीमान गिरीबाट पीडित भएको बताउदै आएकी थिइन ।






