बागमती गाउँपालिका वडा नम्बर–५ मा एमालेको अधिवेशन

जनपत्र
२१ चैत्र २०७९, मंगलवार ०७:४७

हेटौंडा । नेकपा एमाले बागमति गाउँपालिका वडा नम्बर –५ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। नेकपा एमालेका बागमति प्रदेश कमिटी सदस्य देबराज रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन भएको हो ।

कार्यक्रमको अध्यक्षता कुशहरि केसिको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा मान बहादुर घिसिङ ,सचिबमा टीका बहादुर भ्लोन, उपसचिबमा ज्ञान बहादुर लोप्चन र बिष्णुमाया माझी निर्बाचित भएका छन।अधिवेशनले सदस्यहरुमा मीन कुमार ग्यालन,दमै सिं सितांन, कान्छिमाया वाइवा,सितामाया लामा,भिम बहादुर आले, बल बहादुर थिङ लगायतका निर्बाचित भएका छन।

वडा नम्बर ५ को वगेडिमा सम्पन्न अधिवेशनलाई एमाले जिल्ला सचिवालय सदस्य खेमराज जर्गा मगर,जय बहादुर वाइवा गाउँपालिका सदस्य बावुलाल लगायतकाले शुभकामना मन्त्व्य दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*