लिटरमै १० रुपैयाँले घट्यो डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य

जनपत्र
२० चैत्र २०७९, सोमबार १९:४९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ,’ थानीले भने, ‘खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।’

निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*