शरीरका कुनै पनि अङ्ग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ : अध्यक्ष नेपाल

जनपत्र
२० चैत्र २०७९, सोमबार १३:४६

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा सङ्घ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले मानव जातिका लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानव जीवनका लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरूको ज्यान बच्न सक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अङ्ग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

अध्यक्ष नेपालले कार्यक्रममा उपस्थित युवाहरूलाई रक्तदान गर्न अपिलसमेत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*