बझाङ : बसकाे ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरे

जनपत्र
१९ चैत्र २०७९, आईतवार १५:०१

बझाङ – बझाङमा बसको ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसहित जयपृथ्वी राजमार्ग बन्द गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताउनुभयो ।

हिजो शनिवार दिउँसो बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा सुर्मा गाउँपालिका वडा नम्बर ३ का तीन वर्षीय बालक सरगम बोहराको ज्यान गएको थियो । बालकलाई ठक्कर दिने बसका चालक बैतडीको पुर्चौडी नगरपालिका ५ का गणेश बोहरा स्थानीयको कुटपिटबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालकलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । स्थानीयले ठक्कर दिने बसमा तोडफोड गरेका छन् ।

बसका साहु धनगढीबाट आइरहेका र केही समयपछि पीडितसँग बसेर सडक सञ्चालन गर्न छलफल गर्ने डीएसपी भण्डारीले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*