सुनको भाउ ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

जनपत्र
१९ चैत्र २०७९, आईतवार १३:५४

काठमाण्डाै – हप्ताको पहिलो दिन सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँ छ ।

अस्ति सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*