हेटौंडा–६ नम्बर वडाले सञ्चालन गरेको जनता स्वास्थ्य घरदैलो कार्यक्रममा ७९० जनाले सेवा लिए

जनपत्र
१८ चैत्र २०७९, शनिबार ०७:३७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाले सञ्चालन गरेको जनता स्वास्थ्य घरदैलो कार्यक्रममा ७९० जनाले सेवा लिएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा स्वास्थ्य चौकी चौघडाका प्रमुख तोयानाथ ढुङ्गेलले ७९० जनाले सेवा लिएको र सेवा प्रभावकारी रहेको बताएका हुन् । हेटौंडा ६ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा र स्वास्थ्य चौकीको समन्वयमा कार्यक्रम भएको हो ।

जनता स्वस्थ्य घरदौलो कार्यक्रम मार्फत जनताको मृगौला जोगाऔ अभियान चलाउँदै चैत्र १२ गतेदेखी १६ गतेसम्म हेटौंडा–६ को २३ टोलहरुमा ३० बर्ष उमेर माथिका व्यक्तिहरु लाई लक्षित गरी स्वास्थ्य शिविर चलाइएको हो । शिविरमा ५ सय २७ महिला र २३६ पुरुषले मृगौला जाच गरेका छन् । कार्यक्रम अन्तर्गत शिविरमा प्रोटिन, पिएच र ग्लूकोजको परिक्षण गरिएको, जसमध्ये प्रोटिनमा ८५ जनालाई सामान्य समस्या , २३ जनालाई न्यून समस्या, ७ जनालाई केही समस्या र ४ जनालाई मध्यम समस्या देखिएको छ । त्यसैगरी पिएच टेस्टमा ४ जनालाई सामान्य समस्या,८ जनालाई न्यून समस्या, ३ जनालाई केही समस्या देखिएको छ । ग्लूकोज टेस्टमा भने २२ जनलाई सामान्य, ७ लाई न्यून, १५ लाई केही र २० लाई मध्यम समस्या देखिएको स्वास्थ्य चौकी प्रमुख ढु·ेलले जानकारी दिए ।

नगरलाई बालमैत्री स्थानिय शासनयुक्त कायम गर्ने अभियान अन्तर्गत यस चौकीले स्वास्थ्य तर्फको ८ वटा सुचकहरु पूरा गरिसकेको बताए । कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले यस वर्षको कार्यक्रमको प्रभावकारिता अध्ययन गरेर आगामी वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिईने बताए । जनतालाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवाबाट लाभान्वित बनाउने काम वडा कार्यालयले गर्ने उनले बताए । पत्रकार भेटघाटमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्यद्वय विजय पौडेल, लेखराज ढकाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*