मकवानपुरगढी गाउँपालिका स्तरिय सामुदायिक बन उपभोक्ता महासंघको दोस्रो अधिवेशन सम्पन्न

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार १८:५३

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरगढी गाउँपालिकाको दोस्रो अधिवेशन आज भएको छ । कार्यक्रमको उद्घाटन् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकले गर्नुभयो ।

सामुदायिक वनले अधिबेशन गरेर कार्यसमिती चयन गर्नु मात्र नभई एउटा परिपक्व समिती निर्माण गर्ने र जुन समितिले स्थानीय सरकार सङ बनको बिकास, परिबर्तन र आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । बिधान सङ नजिक रहेर बनको मुद्दा र हक हितको आवाज बुलन्द बनाउन समन्वय गर्ने समिती पनि हो जुन समितिले युबा ,महिला, दलित आदिबासी जनजाती समुहको नेतृत्व र उनीहरुको बिकास र प्रबर्द्धन गरि रोजगारी, आयआर्जन सङ जोडिन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने वताउनुभयो ।

बन संङ नजिक रहेर बनको माटो सुहाउँदो विभिन्न अमिर्सो खेती बेसार खेती कागती खेती जस्ता खेतीबाट आम्दानी नयाँ नयाँ बाटो खोज्नु पनि यसै समितिको जिम्मेवारी रहने पाठकले वताउनुभयो । निशुल्क स्वयंसेवक समिति पनि रहेकोले यस समितिमा रहेर स्थानीय सरकार सङ समन्वय गरि विभिन्न योजना तर्जुमा गर्नु पनि मुख्य भुमिका निबाउनु पर्ने हुन्छ यी पक्षमा मध्येनजर गरि विशेष खालको उत्साही समूह चयन गर्नुहोस साथै बनको मुद्दामा प्रदेश सरकार सधै प्रतिबद्ध रहने बिश्वास दिलाउनुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मान कुमारी पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । अधिवेशनले बलराम अधिकारीको अध्यक्षतामा ४० जनाको कार्यसमिति सर्बसहमत रुपमा चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*