एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार १७:४०

सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताए ।

सत्तापक्षको सिटमा बसेर विपक्षमा भोट हाल्न नमिल्ने भन्दै नेता कँडेलले भने, ‘सत्ता पक्षको कुर्सीमा बसेर विपक्षमा भोट हाल्न मिल्दैन । सरकारमा रहने या नरहने सरकारको नेतृत्व गरिरहेको पार्टीको भूमिकामा भर पर्छ ।’

सरकार अप्ठेरामा परे विश्वासको मत दिने बताएका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई लक्षित गर्दै कँडेलले भने, ‘भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए दिए हुन्छ । तर हाम्रो समर्थन कायम नै छ । सरकार संकटमा छैन ।’

प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले एमाले माओवादी केन्द्रसँग मेलेर २७ पुसको सहमति अनुसार पाँचै वर्षका लागि जान तयार रहेको समेत स्पष्ट पारे ।

‘हाम्रो लक्ष विकास र समृद्धि हो । कुर्सी हैन। स्थिर सरकारका र विकासका लागि एमाले पुर्वसहमति अनुसार सत्तासाझेदार गर्न तयार छ,’ कँडेलले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*