एसईईलाई व्यवस्थित र भयरहित बनाउन प्रधानमन्त्रीको आग्रह

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार ०७:५२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन्।

उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।

एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ। देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यसपालि जापानबाट १४ नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । त्यसका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ।

परीक्षामा कुल ७८ हजार जनशक्ति परिचालन गरिने भएको छ। परीक्षालाई मर्यादित बनाउन ती सबैलाई भूमिका खेल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*