फ्राइडे रिलिजः आजदेखि सिनेमा हलमा ‘प्रेमा’
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि देशभरका सिनेमाहलहरुमा नयाँ नेपाली फिल्म ‘प्रेमा’ मा प्रदर्शनमा आएको छ ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको यो फिल्ममा अरुण क्षेत्री, शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) आदि कलाकारले अभिनय गरेका छन् ।
यो फिल्मलाई गोविन्द सिंह भण्डारी तथा विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थ्य विक्रम थापा कार्यकारी निर्माण रहेको यो फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको ब्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दिन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डिओपी छ ।
फिल्म नियमित प्रदर्शनमा आउनुअघि गत बुधबार काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ अधिकांश फिल्मकर्मीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।






