मकवानपुरमा बोलेरो दुर्घटनामा ७ जना घाइते, मोटरसाइकलाई ठक्कर दिने प्रहरी भ्यानका चालक निलम्बित

जनपत्र
१६ चैत्र २०७९, बिहीबार २०:२१

हेटौंडा । मकवानपुरमा बोलेरो दुर्घटनामा ७ जना घाइते भएका छन् । मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–५ चौतारा स्थित भित्रि सडक खण्डमा चैनपुरबाट राक्सिराङको बंकिङ चौतारा तर्फ जादै गरेको ना ४ च ४२७३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप आफै अनियन्त्रित भई सडकबाट बाँया साईडमा ५० मिटर तल खस्दा चार जना यात्रु घाइते भएका हुन् ।

बोलेरोमा ८ जना सवार मध्ये ७ जना घाइते भएको जिल्ला प्ररही कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले वताउनुभयो । उनीहरुको मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी  हेटौंडाको बुद्धचोकमा मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यानका चालक निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान विवेक नेपाली रहेको छन् । प्रहरी जवान नेपालीले लापरबाही पुर्ण तरिकाले सवारी चलाएको देखिएकोले आवश्यक कारबाहीको लागी आजैबाट लागू हुने गरी निलम्बन गरिएको कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

बुधबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट भिमफेदी कारागारको लागि थुनुवा लिएर हिँडेको बागमती प्रदेश ०३-००१ झ ०१२३ नम्बरको प्रहरी भ्यानका चालक नेपालीले ना.४९प ११९ र बागमती प्रदेश ०३-००५प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा-५ पिप्लेका ४१ वर्षीय मधु अर्याल र अर्का मोटरसाइकल चालक हेटौंडा-४ गर्देहीका ४० वर्षीय सुरेश बज्राचार्य रहेका छन् । हाल उनीहरु उपचाररत रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*