सगरमाथा क्षेत्रबाट जापानका एक जना नागरिक तीन दिनदेखि बेपत्ता

जनपत्र
१६ चैत्र २०७९, बिहीबार ११:४३

साेलुखुम्बु – सगरमाथा क्षेत्रकाे भ्रमणमा रहेका जापानका एक जना नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आउनुभएका हितोशी सम्पर्कविहीन हुनुभएकाे खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ ।  उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ ।

त्यसपछि उहाँ कता जानुभयाे भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले बताउनुभयो । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*