विराट गोल्डकप : उपाधिका लागि विराटनगर सिटी र लुका सकर खेल्दै

जनपत्र
१६ चैत्र २०७९, बिहीबार ११:३९

काठमाण्डाै – सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी खेल्दैछन् ।

शहीद रङ्गशालामा फाइनल खेल बेलुका ६ बजेर ४५ मिनेटमा हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै  फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले  २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

विसं २०१८ सालमा ‘महेन्द्र गोल्डकप’का नामले सुरू भएको प्रतियोगिता २०५७ सालदेखि  ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदैआएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*