५ लाख १६ हजार बढी विद्यार्थीले एसईई दिँदै, तयारी पूरा

जनपत्र
१६ चैत्र २०७९, बिहीबार ०७:३६

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरू हुँदैछ।

एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ। एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकिएका छन्।

यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ।

जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्।

रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।

यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*