बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः के–के भए निर्णय ?

जनपत्र
१५ चैत्र २०७९, बुधबार १९:०१

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक आज भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभीन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठलाई दिएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएपछि बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई जिम्मेवारी दिएको हो।

प्रदेशका मुख्यमन्त्री शालीकराम जम्मकट्टेलले सरकारको प्रवक्ताको जिम्मेवारी लिँदै आएका एमालेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको स्थानमा श्रेष्ठलाई जिम्मेवारी दिएको हो।

त्यस्तै, उक्त बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा सिन्धुलीका प्राध्यपक डाक्टर नरविक्रम थापालाई नियुक्त गरेको छ। बैठकले चेपाङ समुदायका न्वागी र माझी समुदायका लदी पर्वमा समुदायगत विदा दिने पनि निर्णय गरेको छ। बैठकले वैशाख १ गते देखि वाग्मती प्रदेशका सरकारी कार्यालयहरुमा विद्युतिय हाजिर गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*