प्रधानमन्त्री रोजगार कार्यक्रम : १ लाख ७६ हजारले रोजगारी पाएको दावी

जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०५:०८

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताएको छ । ६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने फरक छ ।

‘औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको देखिन्छ’ मन्त्रालयले जनाएको छ । सरकारले गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*