८ वर्षमा पनि टुंगिएन सिर्सिया बन्दरगाहको जग्गा अधिग्रहण

जनपत्र
१४ चैत्र २०७९, मंगलवार १४:०७

वीरगञ्ज । सरकारले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी)का लागि वीरगञ्ज-२५ सिर्सिया खल्वाटोलाका गोवालाल सहनी मलाहको ४२.३३ वर्गमिटर जग्गा अधिग्रहण गर्दैछ । कित्ता नं ६७ को उक्त जग्गाको मुआब्जाको लागि उनले २१ पुस ०७९ मा नै आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् ।

मुआब्जा निर्धारण समितिले तोकेको दर अनुसार उनले सरकारबाट ८ लाख ९ हजार ९ सय ८४ रुपैयाँ पाउनु पर्ने हिसाब निस्केको छ । तर उनले मुआब्जा रकम पाइसकेका भने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*