पैसा भएपनि साउनपछि कर्जा लगानी गर्न बैंकहरुलाई सकस हुनसक्छ

जनपत्र
१४ चैत्र २०७९, मंगलवार १३:५१

काठमडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज हुँदै गएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत अभाव हुँदा २०७८ पुसपछि कर्जा असारसम्म नै करिब ठप्प थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७८/०७९ को मौद्रिक नीति मार्फत कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गर्दै ०७९ असार मसान्तबाट बैंक तथा वित्तीय संस्थालाई ९० प्रतिशत सीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

एकातिर बैंकिङ प्रणाली निक्षेप बढ्न सकेन भने अर्कोतर्फ असार मसान्तमा ९० प्रतिशत सीडी रेसियो कायम गर्नुपर्ने बाध्यताले गत आर्थिक वर्षको पुसपछि कर्जा लगानी करिब ठप्प जस्तै थियो । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को दबाबले गर्दा कर्जा लगानी गर्न नसक्ने अवस्थामा रहेका बैंकहरु दोस्रो त्रैमासपछि भने सीडी सहज बन्दै जाँदा कर्जा लगानी गर्नसक्ने अवस्थामा छन् ।

राष्ट्र बैंकको ९ चैतको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ७५.७३ प्रतिशत छ । सीडी रेसियो सहज बन्दै गएर बैंकहरुले कर्जा लगानी गर्नेसक्ने अवस्था भएपनि ब्याजदर उच्च हुँदा कर्जाको माग नरहेको बैंकर्सहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*