५२६ वटा दाँत भएको बालक (भडियोसहित)

जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०५:०४

एउटा व्यक्तिको दाँतमा ३२ दन्त हुन्छ भन्ने सुनिएकै हो । तर, पाँच सय २६ वटा दाँत हुनु आश्चर्यको विषय हो । भारतमा एउटा बालकको मुखमा पाँच सयवटा दाँत भेटिएको छ । मुख दुखेर अस्पताल भर्ना भएका बालकको मुखबाट उक्त संख्याको दाँत फेला परेको हो ।

चेन्नाईको सविथा डेन्टल कलेजमा भर्ना भएका बालकका अभिभावक कतै मुखको क्यान्सर त होइन भनी बालकलाई अस्पताल ल्याएका थिए बङ्गरामा २०० ग्रामको ठूलो संरचना देखेर छक्क परे । १६ साउनमा शल्यक्रिया गरेर झिक्दा पाँच सय संख्याको दाँत भेटिएको थियो ।

५२६ टुक्रा साना दाँतहरु एक मिलिमिटर देखि १५ मिलिमिटर ठूला थिए । ती दाँतहरु झिकिएपछि उनीसँग अब २१ वटा दाँत रहेको छ । बालक तीन वर्षको उमेरमा अस्पताल लगिंदा जाँच गराउन नमानेपछि अभिभावकले फर्काएका थिए ।

यसअघि मुम्बईमा एक किशोरको मुखबाट २३२ दाँत निकालिएको थियो । अहिलेको संख्या किर्तिमान बनेको छ । भारतको विजयकुमारसँग ३७ वटा दाँत छ जुन गिनिज बुकको विश्व किर्तिमानमा दर्ता छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*