ट्रकमा लागु औषध लुकाएर ओसारपसार गर्ने ३ जना प्रहरी नियन्त्रणमा

जनपत्र
१४ चैत्र २०७९, मंगलवार ०८:००

इलाका प्रहरी कार्यालय सिमराले २ वटा लरी ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट पथलैयातिर आउँदै गरेको मधेस प्रदेश ०३–००१– क २२४२ र ०३–००१ क २२४३ नं लरी ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनको सिट मुनी लागु औषध फेला परेको हो ।

गोप्य सूचनाका आधारमा ईप्रका जीतपुर र सिमराबाट खटिएको प्रहरी टोलीले लागु औषध बोकेको लरी ट्रक सहित नियन्त्रणमा लिएका ३ जनाको नाम भने सार्वजनिक गरेको छैन । नियन्त्रणमा लिएका सबैलाई सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जनाएका छन् ।

बारा पर्सा औद्योगिक कोरिडोरको बाटो हुँदै भारतबाट सामान बोकेर आउने गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू लुकाई छिपाई लागु औषधको धेरै ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बारा पर्सामा लागु औषधको ठुलो गिरोह रहेको र कोरिडोरको बाटो हुँदै मकवानपुर, काठमाडौँ, पोखरासम्म यी लागु औषधका टब्यालेटहरु पुग्ने गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*