२२ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै, ५ अर्ब नयाँ ऋण उठाइने

जनपत्र
१३ चैत्र २०७९, सोमबार १३:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड २५ लख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।

सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेसं नयाँ ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरणको लागि बोलकबो हुन लागेको हो ।

सोमबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागिएको केन्द्रिय बैंक्ले जनाएको छ । यस्तै ९१ दिन अवधिको ५ अर्बको नयाँ ट्रेजरी बिल जारी हुँदै भने ९१ दिन अवधिकै ६ अर्बै ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुँदैछ ।

यस्तै ९१ दिन अवधिको ६० करोड रुपैयाँ बराबर र ३६४ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल पनि नवीकरणको लागि सोमबार बोलकबोल हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*