प्रधानमन्त्री र सभामुखबीच भेट, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल

जनपत्र
१३ चैत्र २०७९, सोमबार १२:५५

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

भेटमा सदनका कामकारबाहीलाई थप प्रभावकारी बनाउने र केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि छलफल भएको छ ।

सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा पनि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग चासो राखेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*